Sunday, September 26, 2021
घरसमाचारपहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु

पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु

ओखलढुंगा । मोलुङ गाउँपालिका वडा नं. ८ रागादीपमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले घर पुर्दा परिवारका रागादीपको खिम्लीका ५० वर्षीय पूर्णबहादुर राई, ४० वर्षीय श्रीमती धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया ५५ राई र पूर्णबहादुरका तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो । बुधबार राति गएको पहिरोले घर पुरेपछि चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन् । एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ ।

जनप्रतिनिधि र प्रहरीको सहयोगमा मृतकको शव पहिरोबाट निकालिएको छ ।बिहीबार बिहान ४ बजे सूचना आएपछि खटिएको उद्धार टोलीले घटनास्थलबाट चार जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताए । उद्धार गरिएका शव पोष्टमार्टम गराई आफन्तलाई बुझाउने प्रहरीले तयारी गरेको छ । दुई दिनदेखि लगातारको वर्षाका कारण ओखलढुंगामा पहिरोको जोखिम बढेको छ । स्थानीय प्रशासनले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments