Wednesday, October 27, 2021
घरसमाचारप्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

प्रधानमन्त्री ओली र बंगलादेशकी प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । होटल सोल्टीमा केहीबेर अघि ओली र हसिनाबीच भेटवार्ता भएको हो । भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।हसिना बिम्स्टेकको चौथो शीखर सम्मेलनमा सहभागी हुन बिहीबार बिहान काठमाडौं आएकी थिइन् ।

बिमस्टेकका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरु काठमाडौं आइसकेका छन् । बिम्स्टेक सम्मेलनको उदघाटन प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो तीन बजे होटल सोल्टीमा गर्ने छन् । त्यसअघि बिम्स्टेक सम्मेलनमा सहभागी हुन आएका सबै सदस्य राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखहरुले राष्ट्रपति, प्रधानमन्त्री लगायतलाई भेट्ने कार्यक्रम छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments