एजेन्सी । अर्जेन्टिनामा बढ्दो आर्थिक संकट नियन्त्रणका लागि सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग ५० अरब डलर ऋण सहायता मागेको छ । ऋण सहायताले अर्जेन्टिनाको अर्थव्यवस्थामा सुधारमा नयाँ मार्गचित्र कोर्नै राष्ट्रपति मारीसिओ म्याक्रिको भनाई छ । पछिल्लो समय अमेरिकी डलरको तुलनामा अर्जेन्टिनाको मुद्रामा ४० प्रतिशतले कमी आएको र चरम मुद्रास्फितीबाट गुज्रिनुपरेको बीबीसीले उल्लेख गरेको छ ।
आइएमएफका प्रबन्ध निर्देशक क्रिस्टिन लागर्डले अर्जेन्टिनाको मागप्रति सकारात्मक प्रतिक्रिया दिँदै, अर्जेन्टिनाको नीतिगत प्रयास एवं संशोधित योजनाको लागि आफ्नो समर्थन रहने बताउनुभएको बीबीसीले उल्लेख गरेको छ । यद्यपी लगानीकर्ताले भने अर्जेन्टिनाले सो ऋण चुक्ता गर्नेमा आशंका व्यक्त गरेको छन् ।