Tuesday, November 30, 2021
घरअर्थ र विकासमाथिल्लो तामाकोसी सेयर आवेदनको म्याद एक साता थप

माथिल्लो तामाकोसी सेयर आवेदनको म्याद एक साता थप

काठमाण्डौ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोलखा जिल्लावासीले पाउने सेयर आवेदनको म्याद एक साता बढाएको छ । साउन १६ गतेदेखि आजसम्मलाई आवेदन खुला गरिएकोमा बिहान बसेको धितोपत्र बोर्डकोको बैठकले एक साता म्याद थप्ने निर्णय गरेको हो । सेयरमा दोलखा जिल्लाबासीको उत्साहपूर्ण सहभागिता र मागका आधारमा आवेदनको अवधी थपिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताउनुभयो ।

हालसम्म कम्युटरकृत भएका तथ्याङ्क अनुसार करिब एक लाख ६५ हजार दोलखालीले सेयर आवेदन भरेका छन् । दोलखालीसँग एक अर्व पाँच करोड ९० लाख रुपैयाँ बरावरका सेयर आवेदन मागिएकामा दुई अर्व ६५ करोड रुपैयाँ जति संकलन भैसकेको छ । ग्रामीण भेगमा भरिएका फारमहरु कम्युटरकृत हुन बाँकी छ । जिल्लाको २१ वटा संकलन केन्द्रमा विहिवार रातीसम्म भीड भएकाले सेयर अवधि वढाउनुपर्ने दबाव आएको थियो । जिल्ला समन्वय समितिको वैठक र नागरिकको चाहनाअनुरुप एक साता म्याद थपिएको आयोजनाको भनाई छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments