Wednesday, June 16, 2021
घरBanner Newsनेपाललार्इ यूएइको २५५ रनको चुनौती, सन्दिप लामिछानेले लिए चार विकेट

नेपाललार्इ यूएइको २५५ रनको चुनौती, सन्दिप लामिछानेले लिए चार विकेट

काठमाडौं : एसिया कप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपाललाई यूएइले २५५ रनको चुनौती दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको युएइले पूरै ओभर खेल्दै ९ विकेटको क्षतिमा २५४ रन बनाएको हो ।

मलेसियाको राजधानी क्वालालम्पुरमा भएको खेलमा युएइका चिराग सुरीले सर्वाधिक रन जोड्न सफल भए । उनले ९१ बलमा ६५ रनको योगदान गरेका हुन् । अर्का खेलाडी अद्नान मुफ्तीले आक्रामक खेल खेल्दै युएइको रन उकासेका थिए । नटआउट मुफ्तीले ४६ बलमा ५७ रन जोडे । उनले ८ चौका प्रहार गरेका थिए ।

नेपालका स्पिनर सन्दिप लामिछानेले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा २ मेडनसहित २४ रन दिए । त्यस्तै वसन्त रेग्मीले २, सोमपाल कामीले २ विकेट लिएका हुन् ।

पहिलो खेलमा बुधबार ओमानसँग पराजित नेपाललाई आजको दोस्रो खेल जित्नु आवश्यक छ । यूएइ र नेपाल दुवै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता प्राप्त देश हुन् । पारस खड्काको कप्तानीमा रहेको नेपाली खेलाडीमा सुवास खकुरेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सागर पुन, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, करण केसी, वसन्त रेग्मी र सन्दीप लामिछाने छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments