Sunday, June 13, 2021
घरसमाचारहेटौंडामा मनी ट्रान्सफरमा चोरी ,एसबीआई बैंकमा चोर्ने प्रयास

हेटौंडामा मनी ट्रान्सफरमा चोरी ,एसबीआई बैंकमा चोर्ने प्रयास

काठमाडौं । हेटौंडाको मुख्य बजार क्षेत्रमा रहेको मनी ट्रान्सफरमा चोरी भएको छ भने एसबीआई बैंक तोडफोड गरेर चोर्ने प्रयास भएको छ । हेटौंडा–१० मा रहेको साथीको मनी ट्रान्सफरमा गएराति चोरी भएको हो । मनी ट्रान्सफरको सटर फोडेर नगद तथा रिचार्ज कार्ड चोरी भएको मकवानपुर प्रहरीले जनाएको छ ।

यसैबीच, हेटौंडा–१०, टीसीएन रोड सीता भवनमा रहेको एसबीआई बैंकको अघिल्लो भागका सटर फोडेर गएराति नै चोरीको प्रयास भएको छ।प्रहरी गस्ती हुने बजार क्षेत्र र बसपार्क जानका लागि प्रयोग गरिने व्यस्त सडक छेउमा रहेको बैकको ३ सटर फोडेर चोरीको प्रयास भए पनि लुटेरा असफल भएको प्रहरीले जनाएको छ । दुवै घटनाबारे अनुसन्धान थालेको बताईएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments