Tuesday, June 15, 2021
घरविशेषबिमस्टेक सम्मेलन: सबै सदस्य राष्ट्रका सरकार प्रमुख काठमाडौंमा

बिमस्टेक सम्मेलन: सबै सदस्य राष्ट्रका सरकार प्रमुख काठमाडौंमा

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागि हुन सदस्य राष्ट्रका सरकार प्रमुख नेपाल आइपुगेका छन् ।

आजबाट राजधानीमा सुरु हुने सम्मेलनका लागि म्यानमारका राष्ट्रपति विन्ट मिन, भुटानका प्रधानन्यायाधीश तथा अन्तरिम मन्त्रीपरिषद्का प्रमुख सल्लाहकार दसो छिरिङ वाङचुक र श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना बुधबार नै काठमाडौं आइपुगेका थिए भने आज विहान भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका प्रधानमन्त्री प्रयुच चाओचा काठमाडौं मा ओर्लिएका हुन् ।

सबै विदेशी पाहुनलार्इ रक्षामन्त्री इश्वर पोखरेलले विमानस्थलमा स्वागत गरेका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments