Monday, June 21, 2021
घरBanner News१८औं एसियाड: प्याराग्लाइडिङमा नेपालले जित्यो रजत पदक

१८औं एसियाड: प्याराग्लाइडिङमा नेपालले जित्यो रजत पदक

इन्डोनेसियामा जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले रजत पदक जित्न सफल भएको छ । बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो ।

बुधबार भएको प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीतर्फ जापानसँग झिनो अन्तरले पराजित हुँदै नेपालले रजत पदक जित्न सफल भएको हो । नेपालले जापानी टोलीसँग झिनो अन्तरको हार भोग्न बाध्य भयो । जापानले नेपाल भन्दा केबल २७ अंक धेरै बटुल्दै स्वर्ण पदक जित्न सफल भयो ।

खेलको पाँचौ तथा फाइनल चरणको भिडन्तमा दोस्रो स्थानमा रहँदा रजत पदक जिताउने प्याराग्लाइडरहरुमा टोलीका कप्तान विमल अधिकारी तथा सदस्यहरु विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा थिए ।

नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भएको हो । नेपालले एसियाडमा २० वर्षपछि रजत पदक जित्न सफल भएको हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा नेपालका लागि तेक्वान्दोबाट सविता राजभण्डारीले रजत पदक दिलाएकी थिइन् ।

सन् १९५१ मा भारतको दिल्लीमा भएको पहिलो संस्करणदेखि नै नेपालले एसियाडमा भाग लिँदै आएको छ । नेपालले एसियाडमा हालसम्म २४ वटा पदक जित्न सफल भएको छ ।

जसमा तेक्वान्दोतर्फ सबैभन्दा धेरै १ रजत र १३ कास्य जितेको छ भने बक्सिङबाट नेपालले ६ वटा कास्य पदक जितेको छ । त्यसैगरी अन्य तीनवटा पदक नेपालले कराँतेबाट जितेको हो । प्याराग्लाइडिङमा पनि रजत जित्न सफल भएपछि एसियाडमा नेपालको पदक संख्या २४ पुगेको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments