Monday, June 14, 2021
घरBanner Newsएसिया कप छनोटः ओमानसँग नेपाल ७विकेटले पराजित

एसिया कप छनोटः ओमानसँग नेपाल ७विकेटले पराजित

काठमाडौं: एसिया कप छनोट क्रिकेटको पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । मलेसियाको वायुमास ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले प्रस्तुत गरेको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो।

ओमानका लागि खवार अलीले नट आउट ८४ रनको पारी खेले । ९६ बल खेलेका उनले ओमानका लागि उत्कृष्ट प्रदर्शन गरे । अर्का ब्याट्सम्यान जीशान मक्सुदले पनि ओमानका लागि महत्वपूर्ण ४५रन जोडे ।उनी पनि नटआउट रहे ।

कप्तान पारश खड्का सन्दीप लामिछाने र पौडेलले एक एक विकेट लिए । ओमानसंगको खेलमा नेपालको बलिङ पनि फितलो देखिएको थियो ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ओमनलार्इ २२२ रनको विजयी लक्ष्य दिएको थियो । नेपालले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ओमानविरुद्ध २२१ रन बनाएको हो ।

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । उनले ८४ बल खेलेका पुन रनआउट भएका थिए । उनले कप्तान पारस खड्का नौ रनमै पेभेलियन फर्किए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट भए ।

अर्का खेलाडी आरिफ शेखले ३६ रन बनाए । उनले ७४ बल खेलेका थिए । नेपालका चार ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । अन्तिम ओभरसम्म खेलेका करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासेका थिए । उनले दुर्इ छक्का प्रहार र एक चौकाको मद्धतमा १० बलमा २६ रन जोडे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments