Wednesday, October 27, 2021
घरसमाचारराष्ट्रियसभा समितिका सभापतिले लिए शपथ

राष्ट्रियसभा समितिका सभापतिले लिए शपथ

काठमाडौँ – राष्ट्रियसभाका चारमध्ये तीन विषयगत समितिमा निर्विरोध चयन भएका सभापतिहरुले शपथ ग्रहण गरेका छन् ।

विषयगत समितिले एक मात्र उम्मेदवारी परेपछि निर्विरोध सभापति चयन गरेसँगै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग शपथ ग्रहण गरेका हुन् ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा सभापतिमा रामनारायण बिंडारीले शपपथ लिएका छन् ।

दिगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको उम्मेदवारी नपरेका कारण उक्त समितिको सभापतिको निर्वाचन पछि हुने राष्ट्रियसभा सचिवालयले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments