Friday, July 30, 2021
घरBanner Newsनेपालले ओमानलार्इ दियो २२२ रनको विजय लक्ष्य

नेपालले ओमानलार्इ दियो २२२ रनको विजय लक्ष्य

काठमाडौं :  नेपालले ओमनलार्इ २२२ रनको विजयी लक्ष्य दिएको छ । एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत पहिलो खेलमा नेपालले पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा ओमानविरुद्ध २२१ रन बनाएको हो । मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर नेपालले ब्याटिङ्ग गरेको थियो ।

नेपालका लागि सागर पुनले सर्वाधिक ८३ रन बनाए । उनले ८४ बल खेलेका पुन रनआउट भएका थिए । उनले कप्तान पारस खड्का नौ रनमै पेभेलियन फर्किए भने उपकप्तान ज्ञानेन्द्र मल्ल ४५ रनमा आउट भए । अर्का खेलाडी आरिफ शेखले ३६ रन बनाए । उनले ७४ बल खेलेका थिए । नेपालका चार ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । अन्तिम ओभरसम्म खेलेका करण केसीले आक्रामक ब्याटिङ गर्दै नेपालको योगफल उकासेका थिए । उनले दुर्इ छक्का प्रहार र एक चौकाको मद्धतमा १० बलमा २६ रन जोडे ।

नेपालले ओमानसँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । बुधबारको पहिलो छनौट खेलमा नेपाल र ओमान दुवै देश जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो ।

जसमा नेपाल १०५ रनले विजयी भएको थियो । नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । सुरुका तीन खेल लगातार जितेको नेपाल पछिल्ला वर्षमा ओमान भन्दा कमजोर देखिएको छ ।

छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments