Sunday, September 26, 2021
घरखेलकुदएसीसी छनौट प्रतियोगिता: नेपाल र ओमानबीच खेल जारी

एसीसी छनौट प्रतियोगिता: नेपाल र ओमानबीच खेल जारी

काठमाडौँ – एसिया कप क्रिकेटको छनौट प्रतियोगिता अन्तर्गत नेपालले पहिलो खेलमा ओमानसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको वायुमास ओभल मैदानमा टस हारेर नेपालले ब्याटिङ्ग गरिरहेको छ ।

नेपालले ओमानसँग ६ पटक खेलिसकेको छ । जसमा नेपालले सुरुका तीन खेल जितेको छ भने पछिल्ला तीनवटै खेलमा नेपालले पराजय बेहोरेको छ । बुधबारको पहिलो छनौट खेलमा नेपाल र ओमान दुवै देश जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । ओमानसँग नेपालको पहिलो भेट सन् २००२ जुलाई १२ मा एसीसी ट्रफीमा भएको थियो ।

जसमा नेपाल १०५ रनले विजयी भएको थियो । नेपाल र ओमानको भेट अन्तिम पटक सन् २०१८ मा आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा भएको थियो । उक्त खेलमा ओमान ६ विकेटले विजयी भएको थियो । सुरुका तीन खेल लगातार जितेको नेपाल पछिल्ला वर्षमा ओमान भन्दा कमजोर देखिएको छ ।

छनौट प्रतिस्पर्धामा नेपाल र ओमानसँगै सिंगापुर, हङकङ, आयोजक मलेसिया र युएई छन् । नेपालले भदौ १४ गते युएई, १६ गते मलेसिया, १७ गते सिंगापुर र १९ गते हङकङसँग प्रतिस्पर्धा गर्नेछ ।

राउण्ड रोविन लिगका आधारमा हुने खेलमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । विजयी हुने टोलीले एसिया कपको समूह बी मा रहेर खेल्नेछ । यो समूहमा भारत र पाकिस्तान पनि हुने छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments