Sunday, October 17, 2021
घरBanner Newsघर भत्किदा एकै परिवारका पाँच जनाको मृत्यु

घर भत्किदा एकै परिवारका पाँच जनाको मृत्यु

सल्यानमा घर भत्किदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । जिल्लाको बागचौर नगरपालिका वडा नम्वर ४ सेतोगुराँसस्थित एक घरको दलीन भाँचिएपछि च्यापिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४० वर्षीय रामसिंह कामी, ३५ वर्षीया राम कला कामी र उनीहरुका दुई छोरी र एक छोरा छन् ।

छोरीहरु ७ वर्षीया गंगा बिक, ६ वर्षीया प्रमिला बिक र छोरा ४ वर्षीय रुपलाल बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख वीरेन्द्र बहादुर शाहीले जानकारी दिए । परिवारसँगै सुतेकी ११ वर्षीया छोरी सुनिता बिक भने घाईते भएकी छिन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments