Tuesday, June 15, 2021
घरसमाचारन्याम्समा रिक्त उपलकुलपति पदका लागि २२ जना आकांक्षी

न्याम्समा रिक्त उपलकुलपति पदका लागि २२ जना आकांक्षी

१२ भदौ , काठमाडौँ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा रिक्त उपलकुलपति पदका लागि २२ जना आकांक्षी देखिएका छन् । इच्छुकले १५ दिन भित्र आवेदन दिन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २७ साउनमा जारी सूचना अनुसार २२ जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेहरु अधिकांश न्याम्स अन्तर्गतका छन् भने केही बाहिरबाट समेत आएका छन् । मन्त्रालयले गत २९ साउनमा जारी गरेको संसोधित सूचनामा न्याम्स बाहिरकाले समेत आवेदन गर्न सक्ने व्यवस्था गरेको थियो । सोही अनुसार केही निवेदन न्याम्स बाहिरबाट समेत परेको हो ।

आवेदन दिनेहरुमा यसअघिका उपकुलपति प्राडा गणेश गुरुङ, रजिष्ट्रार प्राडा किरण मानन्धर, रेक्टर प्राडा यहुनचन्द्र सिवाकोटी रहेका छन् । यस्तै पूर्व निर्देशकहरु प्राडा बुलन्द थापा, प्राडा स्वयंप्रकाश पण्डित, प्राडा सिताराम चौधरी छन् ।

यस्तै बरिष्ठ प्राडा श्रीकृष्ण गिरी, प्राडा अनिल मिश्र समेत उपकुलपतिको प्रतिस्पर्धामा उत्रिएका छन् । उता चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमबाट देवनारायण साहको निवेदन परेको छ ।

प्रसुति गृह अस्पतालका निर्देशक डा जागेश्वर गौतम, मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ, कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा अजित रायमाझी पनि उपकुलपति बन्ने प्रतिस्पर्धामा उत्रिएका छन् । यी मध्ये कसले बाजी मार्ने हुन् त्यो भने अहिले भन्न सकिने अवस्था छैन ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments