Thursday, June 17, 2021
घरBanner Newsमुलुकी संहितामा कमजोरी भए सच्याउन सरकार तयार : प्रधानमन्त्री ओली

मुलुकी संहितामा कमजोरी भए सच्याउन सरकार तयार : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकी संहितामा कुनै कमजोरी भए सच्याउन सरकार तयार रहेको बताएका छन् । सोमबार संसदलाई सम्बोधन गर्दै ओलीले अघिल्लो वर्ष नै संसदले पास गरेर राष्ट्रपतिबाट प्रमाणित भएको कानूनलाई लिएर सरकारको ओलाचना गर्नु नसुहाउने उनको भनाई छ ।

मुलुकी संहितालाई लिएर सरकारको आलोचना गर्नु ‘पोहोर मरिन सासु, अहिले आयो आँसु’ भने जस्तै भएको प्रधानमन्त्री ओलीको भनाई छ । कांग्रेसतर्फ इंकित गर्दै आफ्नो नेतृत्वमा कानुन बनेकोमा गर्व गर्ने अहिले कार्यान्वयनका समयमा त्रुटिपूर्ण रहेको भन्दै सरकारलाई आरोप लगााउनु आरोप मात्र भएको बताए ।

सदनबाट पारित भएको कानूनको सम्मान गर्दै क्रुटिपुर्ण रहेको भए सच्याउन आफु प्रतिबद्ध रहेको बताए । यस्तै प्रधानमन्त्री ओलीले हालै कञ्चनपुरमा भएको निर्मला पन्तको हत्याको विषयले आफूलाई स्तब्ध बनाएको बताएका छन्। कञ्चनपुर घटनाले सबैलाई दुखित बनाएको भन्दै सत्यतथ्य चाडै सार्वजनिक हुने र अपराधिलाई कारबाही हुने उनको भनाई छ ।

सुरूमा बनाएको प्रहरीको छानबिन टोलीमाथि प्रश्न उठेपछि सरकारले अर्को समिति बनाएर छानबिन थालिएको बताए। ‘सुरूमा प्रहरीले छानबिन गर्छ भन्ने कुरामा विश्वास गर्नै पर्‍यो। हाम्रै संयन्त्रमा भर पर्नुपर्‍यो। प्रहरीको उक्त छानबिनमा चर्को रूपमा प्रश्न उठेपछि हामीले अर्को टोली पठायौ,’ प्रधानमन्त्रीले भने,‘अर्को पठाएको समितिले पनि प्रहरीको भूमिका उपर्युक्त नलागेको भन्ने प्रारम्भिक रिपोर्ट बिचमा उसले पनि संकेत गर्‍यो।’

यस्तो भए पनि प्रहरी, एसपी, डिएसपी, सिडिओ पनि संलग्न भएकाले सबैलाई फिर्ता बोलाएर अर्को सिडिओ, एसपी र डिएसपी पठाएको भन्दै प्रधानमन्त्रीले त्यसमा पनि शान्त नभएपछि सहसचिव र तीन जना डिएसपी राखेर उच्चस्तरीय छानबिन आयोग बनाइ एसपीलाई निलम्बित गरेको बताए।

‘प्रभावित गर्न नपाउन भन्नका लागि एसपीलाई निलम्बित गर्दै त्यहाँका कानुन फाँटका अधिकृतसमेतलाई फिर्ता बोलाइयो। र अरूलई पठाएर अहिले छानिबिन भइरहेको छ’, उनले भने।उनले सरकारले पीडित बालिकासमेतलाई सरकारले १० लाख सहयोग गरेको स्षप्ट पार्दै त्यहाँ बसेका सर्बदलीय बैठकका निर्णयलाई सम्मान गर्दै सोही अनुसार रित पुर्‍याएर अगाडि जाने,सहिद घोषणा गर्ने र परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको बताए। अन्य ठाउँमा पनि देखिएका यस्ता घटनाकालाई कडाइका साथ रोक्नका लागि सरकार कटिबद्ध भएको विश्वास दिलाए।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments