काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (विम्स्टेक) को चौथो सम्मेलनमा गरिबी निवारणलाई मुख्य विषय बनाएको बताएका छन् । विम्स्टेक सम्मेलनका बारे सदनलाई जानकारी गराउदै प्रधानमन्त्री ओलीले नेपालले गरिबी निवारणको नेतृत्व गरीरहेकाले नेपालले गरिबी निवारणको एजेण्डा मुख्य हुने बताएका छन् ।
१४ र १५ भदौमा काठमाडौंमा हुने सम्मेलनले कनेक्टिभिटी, गरिबी निवारण, अन्तर क्षेत्रीय व्यापार तथा लगानी, जलवायु परिवर्तन र सुरक्षालाई प्राथमिकतामा राखेको पनि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराए ।