Wednesday, October 27, 2021
घरBanner Newsबिम्स्टेकको परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

बिम्स्टेकको परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा सुरु

काठमाण्डौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा सुरु भएको छ ।

बिहीबार र शुक्रबार हुने चौथो शिखर सम्मेलनको एजेण्डा तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बसेको हो । भुटानका सोनम सोङ्ग, बंगलादेश शहिदुल हेग, म्यानमार यु मिन्ट तु, थाईल्याण्ड बुसाया मेथेलिन र श्रीलंकाका प्रसाद कारियावासम हिजै आउनु भएको हो । काठमाडौंस्थित सोल्टी होटलमा जारी कार्यक्रमको उद्घाटन परराष्ट्र मन्त्रालयका सचिव शंकरदाश बैरागीले गर्नुभएको हो ।

बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रिस्तरीय बैठकले प्रस्ताव गरेका एजेण्डा माथि छलफल हुनेछ । बैठकले तयार पार्ने काठमाडौं घोषणापत्रका बुँदालाई भोली बस्ने मन्त्रिस्तरीय बैठकले अनुमोदन गरि राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने सम्मेलनका लागी पठाईनेछ ।

सचिवस्तरीय बैठकमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण्ण र जनस्वास्थ्य गरी सहयोगका सात विषयमामा ७ सदस्य राष्ट्रबीच विद्युत प्रशारणका लागी ग्रिड कनेक्सन निर्माण सम्झौतामा छलफल हुनेछ ।

विमस्टेक सम्मेलनमा सहभागी हुन म्यानमारका राष्ट्रपति विन मिन्ट आज काठमाडौं आउँदै हुनुहुन्छ । उहाँ दिउँसो पौने तीन बजे काठमाडौं ओर्लने परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलन भन्दा दुई दिन अघि काठमाडौं आउन लागेका म्यानमारका राष्ट्रपतिले भोली लुम्बिनी भ्रमण गर्नुहुनेछ । उहाँले भोलि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्विपक्षीय हितका विषयमा भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा म्यानमारमा जातीय हिंसाका कारण शरण लिन आएका ६ सय रोहिग्या शरणार्थीले प्रदर्शन गर्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रप्रमुखको आवगमनमा ट्राफिक व्यवस्थापनका लागि दिउँसो ३ बजे आसपासमा एयरपोर्ट, सिनामंगल तिनकुने, थापाथली, हुँदै सोल्टी होटलको रुटमा डाईभर्सन गरिने भएकाले बैकल्पिक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक बसन्त पन्तले आग्रह गर्नुभयो ।

यसैबीच, भोलि हुने मन्त्रीस्तरीय बैठकमा सहभागी हुन विमस्टेक सदस्य राष्ट्रका परराष्ट्रमन्त्री आज काठमाडौं आउँदैछन् । भारतका सुष्मा स्वराज, बंगलादेशका अबुल हसन महमुद अलि, श्रीलंकका वसन्थ सेनानायके, भुटानका डाम्चो दोर्जी, थाईल्याण्डका डन पाराडविनाई, म्यानमारका यु कअ तिन काठमाडौं आउँदै हुनुहुन्छ ।

विदेशमन्त्रीहरुको सम्मानमा आज परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रात्रीभोजको आयोजना गर्नुभएको छ । मन्त्रीस्तरीय बैठकले सचिवस्तरीय बैठकले तयार पारेको प्रतिवेदन माथि छलफल गर्दै शिखर सम्मेलनका लागी अनुमोदन गर्नेछ । सम्मेलनमा हस्ताक्षर हुने सम्झौता पत्र तथा काठमाडौं घोषणापत्रलाई मन्त्रीस्तरीय बैठकले अन्तिम रुप दिनेछ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments