Tuesday, July 27, 2021
घरसमाचारप्रदेशसभा बैठक एक साताका लागि स्थगित

प्रदेशसभा बैठक एक साताका लागि स्थगित

११ भदौ , पोखरा । गण्डकी प्रदेशसभा बैठक एक साताका लागि स्थगित भएको छ ।सोमबार १ बजेका लागि बोलाईएको बैठक सुरु हुनुभन्दा एक घण्टाअघि नै स्थगित भएको हो । विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगित भएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए ।

संसदमा जाने विधेयकको छलफल गरेर टुंगो लगाउने जिम्मा संसदीय समितिमध्येको विधायन समितिलाई दिइएको छ ।सोमबार समितिको छलफल गरेर २ विधेयक संसदमा पठाउने योजना थियो । तर, विधायन समितिका सदस्य नै अनुपस्थित भएको तथा अर्थसँग सम्बन्धित विषयमा छलफल हुन नपाउँदा संसद नै स्थगित हुन पुगेको हो ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments