महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक शिशुको शव मृत अवस्थामा फेला परेको छ ।औहरी नगरपालिका १ बस्ने सन्तोष चौधरीको ८ महिनाको छोरी सोनाली कुमारी नजिकैको एक बगैंचामा मृत अवस्थामा भेटिएकी हुन् । शिशुको हत्या हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
शिशुको शरीरमा निलडाम देखिएका छन् ।शिशुका बुवा सन्तोष चौधरी औरही बजारका किराना पसलका सञ्चालन गर्दै आइरहेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ८ महिले शिशु मृत फेला परेपछि चौधरीको घरमा रुवाबासी चलेको छ । घटनाको विरोधमा र दोषी पहिचान गरी कारबाहीको माग गर्दै उद्योग वाणिज्य संघ औरही शाखाले औरही बजार बन्द गराएको छ ।