Thursday, July 7, 2022
घरसमाचारमापदण्ड विपरीत सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न नेकपाका नेता भट्टराईको माग

मापदण्ड विपरीत सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न नेकपाका नेता भट्टराईको माग

काठमाण्डौ । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का नेता योगेश भट्टराईले मापदण्ड विपरीत सञ्चालित सबै मेडिकल कलेज खारेज गर्न सरकारसँग पुनः माग गरेका छन् । नेता भट्टराईले सरकारी तथा निजी क्षेत्रमा सञ्चालित सबै मेडिकल कलेजहरुको छानबिन गरी मापदण्ड विपरीत रहेका सबै कलेज तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै उनले निजी क्षेत्रबाट सञ्चालित शिक्षा र स्वास्थ्य संस्थाहरु बन्द गर्ने तयारीमा सरकार रहेको पनि स्पष्ट पारे । नेता भट्टराईले सबै नागरिकको शिक्षा र स्वास्थ्यको दायित्व लिन सरकार प्रतिवद्ध रहेको दावी पनि गरे ।

वर्षौँ समानताको हकका लागि लडेको आफ्नो पार्टी नेतृत्वको सरकारले शिक्षालाई निःशुल्क र अनिवार्य बनाउनेमा शंका गर्न नहुने नेता भट्टराईको तर्क छ । नेता भट्टराईले मौलिक हकको रुपमा रहेको शिक्षाको उचित व्यवस्था गर्न अव ढिलाई नहुने विश्वास पनि व्यक्त गरे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments