काठमाडौं: कार्यक्रममा सहभागि हुन थाइल्याण्ड जाने क्रममा विमानस्थलको अध्यागनमबाटै फिर्ता गराइएका एक पूर्व बाललडाकुबारे प्रधानमन्त्री कार्यालयले चासो व्यक्त गरेको छ ।
तत्कालीन नेकपा माओवादीका लडाकु लेनिन बिष्टलार्इ ‘माथिको आदेश’ भन्दै अध्यागन विभागले विदेश जान रोक लगाएको थियो । प्रधानमन्त्री ओलीले घटनालार्इ आफुले गम्भिर रुपमा लिएको जनाउँदै यसबारे थप जानकारीका लागि गृहमन्त्रालयसंग २४ घण्टे स्पष्टिकरण माग गरिएको जानकारी दिए ।
सोमबार बालुवाटारमा सम्पादकहरुसंगको भेटघाटमा प्रधानमन्त्री ओलीले भने ‘मैले यो किन यस्तो भयो भनेर गृहमन्त्रालयसंग लिखित जानकारी मागेको छ । कसको निर्देशनमा किन विदेश जान रोक लगाइयो सबै जानकारी दिन भनेको छु ।’
विष्टलार्इ अध्यागमनबाट फिर्ता गरिएको विषयलार्इ लिएर सरकारको आलोचना भएको थियो । सरकारले नागरिकको व्यक्तिगत स्वतन्त्रता हनन गरेको भन्दै आलोचना भएको थियो ।
पूर्व बालसैन्य बिष्टलार्इ गएको शुक्रकार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका अध्यागनमका कर्मचारीले थाइल्याण्ड यात्रामा रोक लगाएका थिए । उनी बैंककमा ‘द्वन्द्व क्षेत्रमा युवा–सामाजिक सहभागिताद्वारा उपचार र शान्ती स्थापना’ विषयक कार्यशालमा सहभागी हुन जान लागेका थिए ।
विष्टलार्इ माथिको आदेश भन्दै अध्यागमनका कर्मचारीले पासपोर्टसहितका कागजात मागेर आफैसंग राखेका थिए । बोर्डिङ पास लिएर अगाडि गइसकेपछि आफुलार्इ त्यहाँका कइल्याण्ड जान लागेको भनेपछि बोर्डिङ पास लिएर म अगाडि गइसकेको थिए विष्टले भने पछि फेरी मलार्इ बोलार्मचारीले बोलाएर विदेश उडानका लागि अनुमति नरहेको भन्दै सबै कागजात मागेको विष्टले बताए।
‘मलार्इ सुरुमा कहाँ जाँदै भनेर सोधे मैले कार्यक्रममा सहभागि हुन थाउनुभयो कागजात माग्नुभयो अनि तपार्इलार्इ विदेश जान अनुमति छैन भनेर भन्नुभयो, विष्टले भने प्लेन उडिसकेपछि मात्र कागजात फिर्ता गरे ।
उनी माओवादी युद्धमा सहभागि भएका थिए । सेना समायोजनाका क्रममा उमेर नपुगेको भन्दै उनी तत्कालीन माओवादी शिविरबाट बाहिरिएका थिए । त्यसपछि विष्ट सेनामा बालबालिकाको प्रयोग गर्नु गलत भन्दै यसबारे निरन्तर अभियान चलाइरहेका थिए ।