Tuesday, November 30, 2021
घरअर्थ र विकासथ्री गर्जेजको उच्चस्तरीय टोली आज काठमाडौं आउँदै

थ्री गर्जेजको उच्चस्तरीय टोली आज काठमाडौं आउँदै

काठमाण्डौ । पश्चिम सेती जलविद्युत आयोजना निर्माणबारे छलफल गर्न चिनियाँ कम्पनी थ्री गर्जेजको उच्चस्तरीय टोली आज काठमाडौं आउँदैछ । कम्पनीका अध्यक्ष लु चुनसहितको टोली आज नेपाल आउन लागेको हो ।

चिनियाँ टोलीसँग बार्ताका लागि लगानी बोर्डका कार्यकारी प्रमुख सिईओ महाप्रसाद अधिकारीको संयोजकत्वमा ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणका अधिकारी संलग्न टोली बनाईएको छ ।

७ सय ५० मेगावट क्षमताको सो आयोजनाबारे भोलि चिनियाँ टोलीसंग भोलि बार्ता हुने लगानी वोर्डका एक सदस्यले जानकारी दिए । सो आयोजनामा बिद्युत खरिद सम्झौता पीपीएको दर वढाउनुपर्ने थ्री गर्जेजको मागपछि आयोजना निर्माणमै अन्यौल वढेको थियो ।

पीपीए दरसम्वन्धमा बिद्युत प्राधिकरण तथा थ्री गर्जेजबीच सहमति हुन नसक्दा संयुक्त लगानी सम्बन्धी सम्झौता हुन सकेको छैन । थ्री गर्जेजको उच्चस्तरीय टोलीसँग काठमाडौंमा भोली र पर्सी हुने बार्तापछि पीपीए दरबारे सहमतिमा पुगिने बोर्ड श्रोतले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments