Wednesday, September 22, 2021
घरBanner Newsकञ्चनपुरको भीमदत्तनगरमा साँझ देखी भोली बिहान सम्म निषेधाज्ञा

कञ्चनपुरको भीमदत्तनगरमा साँझ देखी भोली बिहान सम्म निषेधाज्ञा

कञ्चनपुर । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार गरी हत्या गरेको घटनापछि अशान्त बनेको  कञ्चनपुरको भीमदत्तनगरमा  आज राति  पनि  निषेधाज्ञा लगाइने भएको छ ।  भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थानमा सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ५ बजेसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।

यसअघि स्थानीय प्रशासनले सोमबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म निषेधाज्ञा लगाउने सूचना जारी गरेको थियो ।जिल्ला सुरक्षा समितिको केहीबेर अघि सम्पन्न बैठकले निषेधाज्ञाको समय हेरफेर गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए  । निषेधाज्ञाको समय परिवर्तनपछि अहिले महेन्द्रनगर बजार खुलेको छ । बजारमा चहलपहल बढेको छ । शैक्षिक संस्था भने सोमबार पनि बन्द छन् । स्थानीय प्रशासनले गएको शुक्रबारदेखि निषेधाज्ञा लगाउँदै आएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments