Sunday, October 17, 2021
घरविश्वअमेरिकाको फ्लोरिडामा गोली चल्यो : दुई जनाको मुत्यु ,एघार जना घाईते

अमेरिकाको फ्लोरिडामा गोली चल्यो : दुई जनाको मुत्यु ,एघार जना घाईते

एजेन्सी । अमेरिकाको फ्लोरिडामा बन्दुकधारीले अन्धाधुन्द गोली चलाउदा दुई जनाको मुत्यु भएको छ भने ११ जना घाईते भएका छन् । फ्लोरिडा स्थित ज्याक्सोन भिल्लाको मनोरन्जन कम्प्लेक्समा भिडियो गेम चलिरहेको अवस्थामा गोली चलेको प्रहरीले जनाएको छ । गोली चलाउने व्यक्तिले आफ्नो पनि हत्या गरेको बीबीसीले जनाएको छ ।

खेलमा हार भएपछि युवकले गोली चलाएको स्थानिय सञ्चारमाध्यमहरुले जनाएका छन् । घटना पछि स्थानीय प्रहरीले त्यस क्षेत्र र आसपासमा ओहोरदोहोर गर्न रोकेको छ । प्रहरीले घटनास्थलमा केही फसेका र उनीहरुको उद्दार भइरहेको जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments