महोत्तरी । औरही नगरपालिका १ का सन्तोष चौधरीको ८ महिने छोरी अपहरणमा परेकी छिन् । सन्तोषको ८ महिने छोरी सोनाली चौधरी आइतबार साँझ अपहरणमा परेको प्रहरीले जनाएको छ । सन्तोष आफ्नै पसलमा बच्चालाई खेलाइरहेको समयमा एक अपरिचित व्यक्तिले बच्चालाई अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय गौशालाले जानकारी दिएको छ । घटनामा संलग्न व्यक्तिको खोजी कार्य तीव्र रुपमा भैरहेको प्रहरी सहायक निरीक्षक मेघराज चौरासियाले जानकारी दिए ।