काठमाडौं । सत्तारुढ नेकपा सत्ता कब्जा गर्ने दिशामा रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नगर प्रमुख र उपप्रमुखहरुसँग गरेको अन्तरसम्वाद कार्यक्रममा सभापति देउवाले कम्युनिष्ट सरकारले स्वतन्त्र न्यायपालिका, प्रेस, सुरक्षालाई नियन्त्रणमा राख्ने कोसिस गरिरहेको आरोप लगाए ।
पछिल्लो समय स्थानीय तहले लिन थालेको करले जनतामा निराशा छाएको भन्दै सभापति देउवाले कांग्रेसले जितेका स्थानीय तहले ध्यान दिएर मात्रै कर उठाउनुपर्ने बताए ।कञ्चनपुरमा बलात्कार गर्नेलाई राजनीतिक संरक्षण गर्न खोजिएको आरोप समेत लगाए ।कार्यक्रममा प्रतिष्ठानका प्रमुख तथा उपसभापति विमलेन्द्र निधिले तीन तहको सरकार हुँदा कांग्रेस स्थानीय तहमा मात्रै भएको उल्लेख गर्दै जिम्मेवार हुन जनप्रतिनिधिलाई आग्रह गरे ।