Wednesday, June 16, 2021
घरसमाचारकम्युनिस्टको धर्म नै पक्षपात नेता पौडेल

कम्युनिस्टको धर्म नै पक्षपात नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्टको धर्म नै पक्षपात गर्नु रहेकोे आरोप लगाएका छन् । केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गरेको नगर प्रमुख–उपप्रमुखसँगको अन्तरसम्वाद कार्यक्रममा उनले कम्युनिस्टको चरित्र नै पक्षपात गर्ने रहेको भन्दै कांग्रेसले त्यसलाई चिर्न सक्नुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसलाई माथी उठाउनकालागी प्रशंसनीय काम गरेर जनताको मन जित्न आग्रह गरे । गाउँ–गाउँमा अधिकार नभएर भ्रष्टाचार बढेको आफूले सुनेको बताउँदै वरिष्ठ नेता पौडेलले जनप्रतिनिधिहरुलाई पारदर्शी ढंगले जनसेवामा लाग्न निर्देशन दिए । नेकपाले जनवाद भनिरहेको भन्दै उनले जनवाद भनेकै केन्द्रीययता भएकाले सरकारले संघीयताको सही अभ्यास गर्न नखोजेको आरोप लगाए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments