Tuesday, July 27, 2021
घरसमाचारठगुन्नाको हत्याको आरोपमा ४ जना पक्राउ

ठगुन्नाको हत्याको आरोपमा ४ जना पक्राउ

दार्चुला । स्वास्थ्य चौकीका कार्यालय सहयोगीको हत्या आरोपमा दार्चुलामा प्रहरीले एक महिलासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।भदौ ४ गते राति आफ्नै घरमा मृत भेटिएका गुल्जर स्वास्थ्य चौकीका कार्यालय सहयोगी अंगिरसिंह ठगुन्नाको हत्याको आरोपमा प्रहरीले उनीहरुलाई शनिबार नियन्त्रणमा लिएको हो । मार्मा गाउँपालिका १ का धर्मसिंह धामी, गणेश ठगुन्ना, देवकी ठगुन्ना र करनसिंह ठगुन्नालाई पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा भएकाले सबै कुराहरु भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मतबहादुर बाहेराले जानकारी दिए ।ठगुन्नाको शङ्कास्पद मृत्यु भएको ६ दिनपछि अनुसन्धानको लागि प्रहरीले सोधपुछ गर्न भन्दै ४ जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । प्रहरीले सोधपुछका लागि समातेकामध्ये गणेश र देवकी श्रीमान् श्रीमती हुन् भने करन दुवैजनाका भतिजा पर्दछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments