Sunday, June 13, 2021
घरविश्वभेनेजुएलाका आप्रवासीलाई पेरु जान अनिवार्य राहदानी

भेनेजुएलाका आप्रवासीलाई पेरु जान अनिवार्य राहदानी

एजेन्सी । भेनेजुएलाका आप्रवासीलाई आफ्नो मुलुक प्रवेशमा रोक लगाउन पेरुले राहदानी अनिवार्य गरेको छ । पेरुको नयाँ नियम लागु हुँदा कयौं आप्रवासी कोलम्बियाको सिमा क्षेत्रमा अड्किएका छन् । बालबालिका, गर्भवती महिला र वृद्धलाई परिचय पत्रका आधारमा प्रवेश दिए पनि अन्यलाई भने राहदानी अनिवार्य गरिएको छ । इक्वेडरले पनि गतसाता राहदान अनिवार्य गरेको थियो ।

खाना र औषधी सहित दैनिक उपभोग्य सामाग्रीको चरम अभावका कारण भेनेजुयलाका दशौं हजार नागरिक छिमेकी मुलुकमा प्रवेश गरेका छन् । सन् २०१४ यता, २० लाख भेनेजुएलालीले मुलुक छाडेको तथ्यांक छ । भेनेजुएलाका नागरिकको प्रवेशमा कडाई गरेका छिमेकी देशलाइंं संयमता अपनाउन राष्ट्रसंघले आग्रह गरेको छ ।

तिव्र आर्थिक विकास गरिरहेको दक्षिण अफ्रिकी देश पेरुमा नयाँ जिवन सुरुवातका लागी भेनेजुएलाका नागरिक कोलम्बियाबाट लामो यात्रा तय गर्दै पेरु पुग्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments