Monday, June 14, 2021
घरसमाचारन्याय माग्न जाँदा राज्यले उल्टै गोली हान्यो : सभापति देउवा

न्याय माग्न जाँदा राज्यले उल्टै गोली हान्यो : सभापति देउवा

काठमाण्डौ । पुर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको चर्को आलोचना गरेका छन् ।कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा राज्यले नै दोषी जोगाउन निर्दोष नागरिकमाथि कारबाही गरेको उनको भनाई छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएकोमा आपत्ति जनाए ।

बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेको भन्दै सरकारको त्यस्तो कार्यको निन्दा र भत्सर्ना गरे । सभापति देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुनी राज्य हो भनि प्रश्न समेत गरे ।

प्रमुख प्रतिपक्षी दलका नेता देउवाले सरकारले न्यायपालिकालाई कार्यपालिका र व्यवस्थापिकाको लाचार छाया बनाउन खोजेको आरोपसमेत लगाए । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई संवैधानिक परिषदबाट अनुमोदन गर्ने र संसदीय सुनुवाइ समितिबाट अस्वीकृत गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो चरित्र देखाएको पनि आरोप लगाए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments