Sunday, August 1, 2021
घरBanner Newsविदा विवाद : मन्त्रीले लगाए राष्ट्र बैंकमा ताला

विदा विवाद : मन्त्रीले लगाए राष्ट्र बैंकमा ताला

१० भदौ, जनकपुरधाम । प्रदेश सरकारले दिएको विदा अवज्ञा गरेको भन्दै दुई नम्बर प्रदेश सरकारका एक मन्त्रीले नेपाल राष्ट्र बैंकको जनकपुरस्थित क्षेत्रीय कार्यालयमा तालाबन्दी गरेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले मुरली चोकस्थित राष्ट बैंकको क्षेत्रीय कार्यालयमा ताला लगाएका हुन् ।

प्रदेश २ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर आज आइतबार रक्षा बन्धन तथा जनै पूर्णिमाको विदा दिएको छ । तर, संघीय सरकार मातहतका कार्यालयले विदा अवज्ञा गरेपछि प्रदेशका आन्तरिक मामिलामन्त्री आफैं जनकपुरस्थित राष्ट्र बैंकको कार्यालय पुगेर तालाबन्दी गरेका हुन् ।

संविधानले प्रदेश सरकारलाई विदा दिने अधिकार दिए पनि संघीय सरकार मातहतका कार्यालयहरुले अटेरी गरेकाले तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताए ।प्रदेश सरकारको निर्णयलाई अटेरी गरे कानूनी उपचार समेत खोज्ने उनले बताए ।संघीय सरकार अन्तरगतका जिल्ला प्रशासनसहितका कार्यालयहरुले प्रदेश सरकारले यसअघि दिँदै आएका विदा नमान्ने जनाएका थिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments