काठमाण्डौ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टरार्इले गार्इलार्इ राष्ट्रिय जनावर बनाउने सरकारी निर्णयको विरोध गरेका छन् । आइतबार प्रतिनिधिसभामा विशेष समयमा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक एवम् प्रधानमन्त्री भट्टरार्इले कुनै पनि जनावरलार्इ राष्ट्रिय जनावर नबनाउन सुझाव दिएका हुन् । उनले भने कसैले गार्इलार्इ पुज्छन् त कसैले गार्इको मासु खान्छन् यस्तो अवस्थामा गार्इलार्इ राष्ट्रिय जनावर बनाउँदा विवाद हुन्छ ।
उनले मुलुकी संहितामा रहेका केही प्रावधानले स्वतन्त्र पत्रकारितालार्इ नियन्त्रण गर्ने खालका भएको भन्दै यसमा संशोधन गर्नुपर्नेमा जोड दिए । अरुलार्इ सोधेर फोटो खिच्नुपर्ने अनि समाचार लेखेकै भरमा फौजदारी अभियोगमा पत्रकार जेल जाने स्थिति आउनुहुन्नु उनले भने यस्ता प्रावधानलार्इ हामीले सच्याउनुपर्छ ।