Tuesday, July 27, 2021
घरसमाचारडुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या पुग्यो , अझै तिन जना वेपत्ता

डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या पुग्यो , अझै तिन जना वेपत्ता

रौतहट । रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ भने तीन जना अझै बेपत्ता छन् । ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देवी र ५० वर्षीय शान्ति देबीको शव भारतको बैरगनियास्थित बेल्वाघाट नदी किनारमा भेटिएको जनाइएको छ । हराइरहेकामध्ये २२ जना सम्पर्कमा आइसकेका छन् । हराइरहेकाको बिहानैदेखि स्थानीयवासी तथा नेपाल र भारतका सुरक्षाकर्मीले खोजी गरिरहेका छन् ।

ईशनाथ नगरपालिकाको औरयाबाट सदरमुकाम गौरतर्फको टिकुलिया आउने क्रममा उक्त नदीको पानीको सतह बढन गई निर्माणाधीन पुलको पिलरमा ठोक्किएर डुङ्गा दुर्घटना भएको थियो । डुङ्गामा २५ जना चढेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अझै तीन जना बेपता भएको प्रहरीले जनाएको छ ।

बेपता हुनेमा डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रवंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देवी र १० वर्षीया उषा कुमारी पटेल रहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments