Tuesday, September 21, 2021
घरविशेषसामाजिक सुरक्षा भत्ता नलिनेलाई सम्मान

सामाजिक सुरक्षा भत्ता नलिनेलाई सम्मान

काठमाडौ । तपाई सामाजिक सुरक्षा भत्ता लिन योग्य हुनुहुन्छ तर भत्ता नलिने घोषणा गर्नुभयो भने अब तपाईलाई सरकारले सम्मान गर्नेछ । सामाजिक सुरक्षा सम्बन्धमा कानुन निर्माण गर्न सरकारले संसद सचिवालयमा दर्ता गरेको विधेयकमा सामाजिक सुरक्षा लिन नचाहने नागरिकहरुले स्वेच्छाले नलिने घोषणा गरे सरकारले सम्मान गर्ने व्यवस्था गरिएको छ ।

संविधानको धारा ४३ मा उल्लेख भए बमोजिमको सामाजिक सुरक्षाको हक सम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने गरी सरकारले विधेयक ल्याएको हो । आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एक महिला, अपांगता भएका, बालबालिका, आफ्नो हेरचाह आफै गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई सरकारले सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्न लागेको हो ।

लोपोन्मुख जाति अन्तर्गत सरकारले १० वटा जातिलाई राखेको छ, जसमा कुसुण्डा, राउटे, हायू, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लोप्चा र कुसबाडिया रहेका छन् । सरकारले पहिलो पटक बाल पोषण भत्ताको व्यवस्था गरेको हो । विधेयकमा भनिएको छ, ‘अतिविपन्न, लोपोन्मुख र नेपाल सरकारले तोकेको पाँच बर्ष उमेर नपुगेका बालबालिकाले सामाजिक सुरक्षाभत्ताको रुपमा नेपाल सरकारले तोकेको बालपोषण भत्ता पाउनेछन् ।’

सामाजिक सुरक्षा भत्ता लिन चाहनेले स्थानीय तहमा निवेदन दिनुपर्नेछ भने दोहोरो सामाजिक सुरक्षा भत्ता पाउने छैनन् । यस्तै सरकारी वा सार्वजनिक पदमा नियुक्त भएको, निर्वाचित÷मनोनित भएको व्यक्ति, सरकारी कोषबाट निवृत्तिभरण पाइरहेको व्यक्ति वा कुनै प्रकारले नियमित पारिश्रमिक वा सुविधा लिइरहेको व्यक्तिले पनि सामाजिक सुरक्षा भत्ता नपाइने विधेयकमा व्यवस्था गरिएको छ । यस्तै संघीय सरकारले वितरण गर्ने सामाजिक सुरक्षा अन्तर्गत प्रदेश र स्थानीत तहले सोही शीर्षकमा थप सामाजिक सुरक्षाभत्ता वितरण गर्न पाउने छैनन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments