काठमाण्डौ । बिहीबार र शुक्रबार हुन लागेको चौथो बिमस्टेक शिखर सम्मेललाइृ मध्यनजरगर्दै काठमाण्डौंमा जोर विजोर नम्वर अनुसार गाडी चल्ने भएका छन् । बिमस्टेक शिखर सम्मेलनका क्रममा गाडी जाम नहोस् भनेर आउँदो बुधबार, बिहीबार र शुक्रबार जोर विजोर नम्बरका आधारमा निजी तथा सार्वजनिक गाडी चलाउने तयारी भएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबार र शुक्रबार नम्बर प्लेटको अन्तिम अंक विजोर ९१,३,५,७,९० भएका गाडीमात्रै चल्न पाउनेछन् भने बिहिबार जोर ९०,२,४,६,८० अंक भएका गाडी मात्रै चल्न पाउनेछन् । यसअघि अन्तिको दुई वटा नम्बरको आधारमा गाडी चल्न दिइने भनिएपछि अहिले अन्तिम नम्बर मात्रै हेर्ने निर्णय भएको महाशाखाले जनाएको छ ।