Sunday, June 13, 2021
घरविश्वअमेरिकी विदेशमन्त्री पोम्प्योको प्योङयाङ भ्रमण रद्द

अमेरिकी विदेशमन्त्री पोम्प्योको प्योङयाङ भ्रमण रद्द

एजेन्सी । उत्तर कोरियाले आणविक निशस्त्रिकरणका लागि पर्याप्त प्रयास नगरेको भन्दै अमेरिकी विदेशमन्त्री माईक पोम्प्योले प्योङयाङ भ्रमण रद्द गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनपछि पोम्प्योले भ्रमण रद्द गरेको बीबीसीले उल्लेख गरेको छ । आफ्नो मुलुकसँगको व्यापार युद्धका कारण चीनले समेत उत्तर माथि दबाब नदिएको राष्ट्रपति ट्रम्पले आरोप लगाएका छन् । गत जुनमा नेता किम जोङ उनसँग भएको वार्ता पछि ट्रम्पले उत्तरबाट आणविक खतरा नरहेको बताएका थीए ।

अमेरिकासँगको वार्तापछि पनि उत्तरले आणविक भट्टी बन्द नगर्दा दुईमुलुकवीचको सम्बन्ध चिसिएको छ । उत्तरले नयाँ आणविक केन्द्रको निर्माण सुरु गरेकाले अमेरिका शसंकित भएको वासिङटन पोष्टले उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले उत्तर अझै पनि आणविक हतियार बनाउन केन्द्रित रहेको दाबी गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments