Wednesday, October 27, 2021
घरखेलकुदआठौ दिनसम्म पनि नेपालले पदक तालिकामा आफ्नो नाम लेखाउन सकेन

आठौ दिनसम्म पनि नेपालले पदक तालिकामा आफ्नो नाम लेखाउन सकेन

काठमाण्डौ । १८ औ एसियाली खेलकुदको आठौ दिनसम्म पनि नेपालले पदक तालिकामा आफ्नो नाम लेखाउन सकेको छैन । आश गरेका अधिकांश खेलमा नेपाल पदकबिहीन भएपछि अब कराँते र बक्सिङमा मात्र सम्भावना अडिएको छ । आज हुने १० खेलका बिभिन्न स्पर्धामध्ये नेपालले कराँते र बक्सिङका ईभेन्टमा सहभागीता जनाउदैछ ।

नेपालले आज आर्चरीको रिकर्भ मेन्स टिम ईभेन्टमा कतारसंग प्रतिस्पर्धा गर्नेछ । पुरुष म्याराथनमा गोपिचन्द्र पार्की पहिलो चरणबाटै बाहिरिदा कृष्णबहादुर बस्नेतले भने अघिल्लो चरणमा स्थान बनाएका छन् । ब्याडमिन्टनको मेन्स डबल्समा बिकास र नबिन श्रेष्ठको जोडिले मलेसियन जोडीसंग तथा वुमन्स सिंङगल्समा नंशल तामाङले जापानी प्रतिद्वन्दीको सामना गर्नेछिन ।

बास्केटबलको वुमन्स थ्री वाई थ्री स्पर्धामा नेपालले आज मलेसिया र जापानसंग खेल्नेछ । बक्सिङको ४९ केजी मेन्स लाईट फ्लाईमा तेज बहादुर देउवाले लाओस, ६४ केजी मेन्स लाईट वेल्टरमा भुपेन्द्र थापाले जोर्डन र ६० केजी वुमन्स लाईटमा पुनम रावलले चिनियाँ प्रतिद्धन्दीको सामना गर्नेछिन् । गल्फमा आज पनि शुक्र बहादुर राई, टंकबहादुर कार्की, अजित विक र पृथ्वी मल्ल प्रतिस्पर्धामा उत्रनेछन् । कराँतेको मेन्स कातामा पर्शुराम बास्तोलाले कतारी हसिम अद्हामसंग पराजित भए ।

बुमन्स कातामा चञ्चला दनुवार मकाउकि प्रतिस्पर्धिसंग ५–० ले पराजित भईन् । वुमन्स ६८ केजीको क्बाटरफाईनलमा रिता कार्कीले चिनियाँ खेलाडिको सामना गर्नेछन् । पाराग्लाईडिङको मेन्स र वुमन्स टिम क्रस कन्ट्री ईभेन्टमा नेपालले आज सहभागीता जनाउनेछ । सेपाक ताक्रोमा नेपालले मलेसिया र कोरियासंग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै स्र्पोर्टस क्लाईम्विङमा नेपालका प्रनिलमान श्रेष्ठ र पेम्पा शेर्पाले आफ्नो चुनौती प्रस्तुत गर्नेछन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments