९ भदौ ,दोलखा । दोलखा सदरमुकाम चरिकोटस्थित एक बैंकमा हजार दरका १२ थान जाली नोट भेटिएका छन् । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर आवेदकको भीड बढेको मौकामा सो जाली नोट फेला परेको हो । बैंकले पहिचान भएका जाली नोटहरु प्रहरीलाई बुझाएको छ । बैंकको नाम गोप्य राखेर भिडियो फुटेजबाट अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी बासुदेव पाठकले बताए । चरिकोटको एउटा बैंकमा मात्रै ती जाली नोट फेला परेको पाठकले बताए । यसबारे अनुसन्धान जारी रहेको बताईएको छ ।