Monday, June 14, 2021
घरसमाचारगायक एंव संगीतकार योञ्जनको स्मृृति दिवस मनाईदै

गायक एंव संगीतकार योञ्जनको स्मृृति दिवस मनाईदै

काठमाण्डौ । गायक एंव संगीतकार गोपाल योञ्जनको ७६ औँ जन्मजयन्ती विशेष कार्यक्रम गरी मनाइँदै छ । जन्मजयन्तीका अवसरमा आज गोयाल योञ्जन स्मृृति पुरस्कार वितरण गरिदैछ । यस वर्ष यो पुरस्कारबाट गायक संगीतकार एंव गीतकार दुर्गा खरेल सम्मानित हुँदै हुनुहन्छ । दिउँसो २ बजे ललितपुरको पुल्चोकमा विशेष कार्यक्रम गरी पुरस्कार विरतण गरिने आयोजक शुभारम्भ :द म्यूजिकल जर्नीले जनाएको छ । गोपाल योञ्जनका ‘यो मेरो टोपी’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘जीवनका हरेक मोडमा तिमीले मलाइ भेट’, ‘बनेको छ पहराले यो छाती मेरो’, ‘देशले रगत मागे मलाई बली चढाउ’ लगायतका गीत निकै लोकप्रिय छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments