काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कञ्चपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानविन गर्न सरकारलार्इ निर्देशन दिएको छ ।
नेकपा सचिवालयको शनिवार बिहान बसेको बैठकले सबै संकास्पद अपराधीलाई तुरुन्त पक्राउ गरी निष्पक्ष छानबिन गर्न सरकारलाई निर्देशन दिएको हो।
घटनामा संलग्न भएको भन्दै प्रहरीले एक साताअघि एक जनालार्इ सार्वजनिक गरेको थियो तर वास्तविक अपराधीलार्इ लुकाएर प्रहरीले नक्कली व्यक्तिलार्इ दोषीका रुपमा देखाएको भन्दै आक्रोशित स्थानीयले आन्दोलन चर्काएका छन् ।
शुक्रबार प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्युभएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले सबै शंकास्पद व्यक्तिलार्इ पक्राउ गरी छानविन गर्न सरकारलार्इ निर्देशन दिएको नेता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिए ।