Tuesday, June 15, 2021
घरविशेषविमस्टेक सार्कको विकल्प हुनै सक्दैनः परराष्ट्रविद्

विमस्टेक सार्कको विकल्प हुनै सक्दैनः परराष्ट्रविद्

काठमाडौः परराष्ट्रविद डा. दिनेश भट्टराईले यही भदौ १४ र १५ गते काठमाडौंमा हुने चौथो विमस्टेक शिखर सम्मेलनलाई नेपालले अवसरको रुपमा उजागर गर्नुपर्ने बताएका छन् । उनले भने,‘यो सम्मेलनमार्फत नेपालले आफ्नो मुलुकको अन्तर्राष्ट्रिय व्यक्तित्व उजागर गर्नुपर्छ । यसको लागि शिखर सम्मेलन महत्वपूर्ण अवसर हो ।’

काठमाडौंमा आयोजित एक कार्यक्रममाडा. भट्टराईले भने, ‘नेपालको लागि विमस्टेकका सदस्यहरुमासमेत विश्वासमा आधारित सम्बन्ध अघि बढाउन यो महत्वपूर्ण अवसर हुनेछ । नेपालले सोही अनुसारको आफ्नो तयारी गर्नुपर्छ ।’

उनले भने,‘सन् २०१४ मा हामीले मुलुकमा संक्रमणकाल हुँदापनि सफल रुपमा सार्कको सम्मेलन सम्पन्न गरेका थियौं । अहिले चुनावपछिको परिवर्तित अवस्थामा नेपालले विमस्टेकको शिखर सम्मेलनको आयोजना गर्ने अवसर पाएको छ । यो एउटा अन्तर्राष्ट्रिय जमघट पनि हो । यसलाई हामीले ठूलो अवसरको रुपमा लिएर मुलुकको हितमा उपयोग गर्नुपर्छ ।’

विमस्टेक शिखर सम्मेलनमार्फत नेपालले हामी विदेश नीतिबारे राष्ट्रिय रुपमा एकमत र सहमत छौं भन्ने सन्देश दिन सक्नुपर्नेपनि उनको सुझाव छ । विमस्टेकलाई क्षेत्रिय संगठनमात्रै नभएर यसलाई अलिकति ठूलो बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘अलिकति हामीले भू–राजनीतिक अवस्थालाईपनि ध्यान दिएर विमस्टेकको क्षेत्र र दायरालाई बढाउनुपर्छ ।’

डा. भट्टराईले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले यसलाई ‘रिभाईभ’ गर्नको लागिपनि विमस्टेकको यो चौथो शिखर सम्मेलनलाई उपयोग गर्नुपर्ने सुझाव दिए । उनले भने,‘विमस्टेक सार्कको विकल्प हुनै सक्दैन् ।’

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम् अर्थविद् डा. डिल्लीराज खनालले समयको हिसाबले पनि विमस्टेक शिखर सम्मेलन नेपालको लागि अति नै महत्वपूर्ण रहेको बताएका छन् । खनालले भने, ‘अहिले नेपालको लागि समय र सन्दर्भको हिसाबलेपनि विमस्टेक शिखर सम्मेलन अतिनै महत्वपूर्ण छ । यो हाम्रो लागि राम्रो अवसरपनि हो । हामीले यो अवसरलाई राष्ट्रको हितमा उपयोग गर्नुपर्छ ।’

सार्वजनिक खर्च पूनरावलोकन आयोगका संयोजक समेत रहेका खनालले यो सम्मेलनमार्फत नेपालले हामी समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा अघि बढ्दैछौं भन्ने सन्देश पनि दिनुपर्ने बताए । उनले भने, ‘विमस्टेकले तय गरेका विभिन्न १४ वटा प्राथमिकताका क्षेत्र र विषयहरुमा हामीले मुलतः व्यापार, उर्जा, कृषि, प्रविधि र गरिवी निवारणमा हामी अधिकतम केन्द्रित हुनुपर्छ । यसपटकको सम्मेलनमार्फत हामीले यही सन्देश दिन सक्नुपर्छ । हामीले खास खास विषयहरु पहिल्याउनुपर्छ, जसले सबैको विन विनको अवस्था होस्।’

पूर्व सचिव पुरुषोत्तम ओझाले यो १४ वर्षको ईतिहासमा विमस्टेकले खासै प्रगति नगरेपनि अहिले आएर गति लिएको बताउँदै अब यो गतिमा ब्रेक लाग्न नहुने धारणा राखे । उनले भने,‘ठूला राष्ट्रहरुको रणनैतिक स्वार्थका कारण यो त्यति राम्रोसँग अघि बढ्न सकेन । अहिले यसले गति लिएको छ । अब यो गतिमा कुनै ब्रेक नलागोस्।’

विमस्टेकको सुरुवातदेखि अहिलेसम्म आईपुग्दा ६, ८ हुँदै १४ वटा सहयोगका क्षेत्रहरु पहिल्याएको बताउँदै उनले भने,‘धेरै क्षेत्रहरु हुँदा ध्यान विकेन्द्रिकरण भयो । फोकस्ड क्षेत्रहरु नहुँदा उपलब्धिहरु कम हाँसिल भए । अब उपलब्धिहरु हाँसिल गर्नेगरि क्षेत्रहरुपनि अब कन्सोलिडेट गर्नुपर्छ ।’

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments