Sunday, September 26, 2021
घरविशेषनेकपाको जिल्ला र भ्रातृसंगठन एकीकरणमा सकस

नेकपाको जिल्ला र भ्रातृसंगठन एकीकरणमा सकस

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको जिल्ला र भ्रातृसंगठनको एकीकरण प्रक्रियामा समस्या देखिएको छ । जिल्ला समिति र भ्रातृसंगठन एकीकरणको मापदण्ड स्पष्ट हुन नसक्दा कतिपय जिल्लामा एकीकरण कार्यदलले मनोमानी र एकपक्षीय ढंगले केन्द्रमा सिफारिस गरेको भन्दै पार्टीमा विवाद शुरु भएको छ । जसका कारण जिल्ला समितिले पठाएको नामलाई अनुमोदन गर्न बोलाईएको स्थायी समिति वैठक झण्डै दुई साता पछि घकेलिएको छ ।

सांसद वा जनप्रतिनिधिलाई समितिमा नराख्ने मापदण्ड शीर्ष नेतृत्वले बनाएपछि तत्कालिन माओवादी केन्द्र पक्षलाई फाईदा पुग्ने दोखिएको छ । केन्द्र देखि स्थानीय तहसंम्मै तत्कालिन एमाले र माओवादी केन्द्रको हिस्सा ७०/३० को हाराहारीमा छ । केन्द्रीय समितिमा आएका अधिकांश सिफारिसमा असन्तुष्टी देखिएको नेता योगेश भट्टराईले स्वीकार गर्नुभयो ।

जिल्लाबाट आएका असन्टुष्टीलाई स्पष्ट माफदण्ड बनाएर शीर्ष नेतृत्वले सम्वोधन गर्नुपर्छ । कतिपय जिल्लामा अधिवेशनबाट चुनिएर आएका अध्यक्ष, उपाध्यक्ष लगायत पदाधिकारीलाई समेत हटाईएको छ । खासगरि दाङ, रुपन्देही, बाँके अर्घखाँची, पर्वत, तनहुँ, रोल्पा, कैलाली, कन्चनपुर, लगायत जिल्लाबाट आएका सिफारिसमा वढी विवाद देखिएको छ ।

मापदण्ड सम्वन्धी विवादकै कारण प्रदेश २ अन्तर्गतका जिल्लामा एकीकरण प्रक्रीया समेत शुरु हुन सकेको छैन । यस्तै पार्टी निकट उद्योग संगठन, खेलकुद संगठन लगायत अन्य जनवर्गीय संगठनमा समेत एकीकरण प्रक्रीयामा विवाद देखिएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments