Tuesday, November 30, 2021
घरसमाचाररसायनिक मलको अभाव एक हप्ताभित्र अन्त्य हुन्छ : मन्त्री खनाल

रसायनिक मलको अभाव एक हप्ताभित्र अन्त्य हुन्छ : मन्त्री खनाल

कपिलवस्तु । कृषकहरुलाई अति आवश्यक पर्ने रसायनिक मलको अभाव समस्या यसै साता समाधान हुने कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले बताएका छन् । गृह जिल्ला कपिलवस्तु पुगेका मन्त्री खनाललाई कपिलवस्तु बाल संगठनले तौलिहवामा आयोजना गरेको अभिनन्दन कार्यक्रममा मन्त्री खनालले मल ढुवानीमा केही प्राविधिक समस्या भएका कारण मल आपूर्तिमा समस्या भएको र यो समस्या यसै साता समाधान हुने बताएका हुन् ।

सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाधका कारण नेपाली कृषकहरुले भोग्नु परेको समस्या बारे संचारकर्मीहरुले सोधेको प्रश्नमा मन्त्री खनालले यो वर्षौदेखिको डुबान समस्या र सीमाका अन्य समस्या समाधान गर्नका लागि दुवै देशका तर्फबाट एउटा बार्ता टोली निर्माण गरी सरकार अघि बढेको बताए । यो विषयमा संघीय संसद र मन्त्रीपरिषदमा पनि पटक पटक आवाज उठिरहेको र यसको समाधानका लागि सरकार गम्भीर रहेको बताए ।

अघिल्लो लेखमाधेरै पानी पर्ने संभावना
अर्को लेखमाआजको विनिमय दर
RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments