Tuesday, June 15, 2021
घरसमाचारधेरै पानी पर्ने संभावना

धेरै पानी पर्ने संभावना

काठमाण्डौ । अहिले देशभरीकै मौसम बदली भएको छ । केही ठाउँमा पानी पनि परिरहेको छ । मनसुन सक्रिय भएकाले अहिले केही ठाउँमा ठूलो पानी परेको मौसमविद्को अनुमान छ ।जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार मनसुनी न्यूनचापीय रेखा नेपाल माथि रहेकाले अबको तीन दिन हिजो अस्तिको भन्दा धेरै पानी पर्ने संभावना छ ।

केही ठाउँमा ठूलो पानी पर्ने अनुमान छ भने केही ठाउँमा झरीको संभावना छ । यसैबीच आज महाकाली, कर्णाली र कन्काईमा पानीको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र तथा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, सर्लाही, रौतहटलगायत तराईका चुरे र पहाडबाट बहने नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन शाखाले आग्रह गरेको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments