Monday, June 14, 2021
घरBanner Newsसीडीयो र प्रहरी प्रमुखहरुको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य

सीडीयो र प्रहरी प्रमुखहरुको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य

कञ्चनपुर । तीन दिनदेखि तनावग्रस्त बन्दै गएको महेन्द्रनगरको अवस्था आज केही सामान्य बनेको छ । स्थानीयको माग अनुसार सीडीयो र प्रहरी प्रमुखहरुको सरुवापछि महेन्द्रनगरको अवस्था केही सामान्य बनेको हो । तर, स्थानीय प्रशासनले भने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । तीन दिनदेखि ठप्प रहेको यातायात सेवा आज बिहानैबाट संचालनमा आएका छन् भने पसलहरु पनि खुल्न थालेका छन् ।

यता, प्रहरीको दमन विरुद्ध ऐक्यबद्धता जनाउदै एकदिनका लागि विद्यायल बन्द गरिएको छ । निर्मला पन्तको हत्या प्रकरणमा भैरहेको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले बन्दको घोषणा गरेका हुन् ।

बिहीबार स्थानीयको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका छन् । घाइतेमध्ये सन्तोष कुमार कठरियाको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै घाइते अन्य दुईजना अर्जुन भण्डारी र तेजराज भट्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको थियो । अर्जुनको कोहलपुरमा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ ।सरकारले छानबिन समिति गठन गर्नुका साथै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख बदलेपछि आन्दोलनकारी वार्तामा आउने अपेक्षा गरिएको छ । यद्यपि, आन्दोलनरत पक्ष र सरकारबीच वार्ता भने हुन सकिरहेको छैन । एसपी कडायतले पीडित परिवार र आन्दोलनकारीसँग सम्पर्क गरेर आफूले वार्ताको पहल थालेको जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments