Sunday, June 13, 2021
घरBanner Newsमहेन्द्रनगरमा प्रदर्शनकारीमाथि गोली प्रहार, चार जना घाइते

महेन्द्रनगरमा प्रदर्शनकारीमाथि गोली प्रहार, चार जना घाइते

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणले उग्र रूप लिएको छ । बिहीबार दिउँसो प्रदर्शनकारीले पुर्वपश्चिम राजमार्ग अन्तर्गत ट्राफिक चोक र प्रशासनतिर ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर चार प्रदर्शनकारी घाइते भएका छन् ।

कैलाली गाउँपालिका–३ का २४ वर्षीय सन्तोषकुमार कठरिया, भीमदत्त नगरपालिका–२ भाँसीका ३६ वर्षीय तेजराज भट्ट, भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका १९ वर्षीय अर्जुन भण्डारा र कञ्चनपुरकै किरनप्रसाद पाण्डेय घाइते भएका छन् । उनीहरुको अहिले महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ । कठरिया, भण्डारा र पाण्डेको खुट्टामा गोलीको छर्रा लागेको छ भने भट्टको टाउको र खुट्टामा गोलीका छर्रा लागेको छ ।

गोली चलेपछि महेन्द्रनगरको अवस्था त्रसित बनेको छ । आन्दोलनका कारण महेन्द्रनगर बजार र यातायात ठप्प भएको छ । गोली चलेको विषयमा कञ्चनपुर प्रहरीले कुनै प्रतिक्रिया दिएको छैन ।

प्रहरीले बालिका निर्मला पन्त हत्याको आरोपमा भीमदत्त नगरपालिका १९ बागफाँटाका ४१ वर्षीय दिलिप सिंह विष्टलाई सार्वजनिक गरेपछि कञ्चनपुरमा आन्दोलन चर्किएको हाे । उनीहरुले वास्तविक दोषीलाई सार्वजनिक गर्न माग गरेका छन् । होमवर्क गर्छु भन्दै साथी रोशनी बमको घर गएकी निर्मला पन्त ११ साउन शुक्रबारका दिन बिहान उखुबारीमा मृत फेला परेकी थिईन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

Most Popular

Recent Comments