Wednesday, October 27, 2021
घरअर्थ र विकासराज्यले व्यवसायीलाई ‘ठगीलाई जस्तो’ व्यवहार गर्न हुँदैन : प्रचण्ड

राज्यले व्यवसायीलाई ‘ठगीलाई जस्तो’ व्यवहार गर्न हुँदैन : प्रचण्ड

सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले उद्योगी/व्यवसायीहरुलाई ‘ठगीलाई जस्तो’ व्यवहार गर्न नहुने बताएका छन् ।

अध्यक्ष प्रचण्डले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित हुनेगरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराए । अध्यक्ष प्रचण्डले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरे ।

बिहीबार काठमाडौंमा आयोजित इभेन्टस् एण्ड भेन्यू एशोसिएशन अफ नेपालको ८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सृजना हुनेगरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यता पनि औंल्याए ।

राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको पनि उनले स्पष्ट पारे । उनले जनतालाई बलियो बनाएर मात्रै मुलुकको समृद्धिको यात्रालाई गति दिन सकिने पनि स्मरण गराए ।

प्रचण्डले वैदेशिक लगानी भित्र्याउन पनि राज्यले नियन्त्रणकारी नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments