Wednesday, October 27, 2021
घरविश्वअमेरिका र चीन बीच व्यापारिक युद्ध

अमेरिका र चीन बीच व्यापारिक युद्ध

काठमाण्डौ । अमेरिका र चीनले एक–अर्का माथि १६ अर्ब डलर बराबरको समाग्रीमा नयाँ कर लगाउने भएका छन् । जवाफी कर लगाएको बताएका दुवै मुलुकको पछिल्लो कदमले व्यापारिक युद्ध थप चर्काएको छ । दोश्रो चरणमा थप ५० अर्ब डलरका सामाग्री माथि कर लगाईने बताईएको छ । विश्वका प्रमुख दुई आर्थिक शक्तिको व्यापार युद्ध गत जुलाई देखी सतहमा आएको छ ।

चीन र अमेरिकाबीच व्यापारिक सम्बन्ध सुधारका लागि वासिङटनमा वार्ताको तयारी समेत भैरहेको बीबीसीले उल्लेख गरेको छ । यद्यपी, वार्ताबाट समाधान नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्ट पार्नुभएको छ । २ सय ८० चिनिया सामाग्रीमा अमेरिकाले २५ प्रतिशत कर लगाउने तयारी गरेको छ भने चीनले पनि कोईला, औषधि, कार तथा बस लगायतका अमेरिकि उत्पादन माथि २५ प्रतिशतले नै कर लगाउने तयारी गरिरहेको बीबीसीले जनाएको छ ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments