इलाम । इलामका स्थानीय तहमा बैंकको स्थापना भएसँगै बैंकिङ सेवा प्रभावकारी बन्दै गएको छ । एक वर्षसम्म बैंकिङ कारोबारका लागि सदरमुकाम आउजाउ गर्दा उपभोक्ता समिति, सामाजिक सुरक्षा भत्ताका लाभग्राही समस्यामा परेका थिए । स्थानीयमा नै बैंकको कारोबार हुने व्यवस्था मिल्दै गएपछि भने सेवाग्राही, स्थानियवासी र कर्मचारी समेत हर्षित भएका छन् । स्थानीय तहबाट नागरिकलाई सहज तथा गुणस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले जिल्लाका १० स्थानीय तहमा नै पछिल्लो समय बैंक स्थापना भएका छन् ।
इलामका स्थानीय तहमा बैंकिङ सेवा प्रभावकारी
RELATED ARTICLES