Sunday, October 17, 2021
घरसमाचारविद्यार्थीमा अनौठो लक्षण देखिएपछि विद्यालय बन्द

विद्यार्थीमा अनौठो लक्षण देखिएपछि विद्यालय बन्द

रुकुम पश्चिम । एक हप्तादेखि विद्यार्थीमा अनौठो लक्षण देखिएपछि रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका ९ नुवाकोटस्थित हिमालय जनता मावि बन्द गरिएको छ । पछिल्लो एकसातादेखि विद्यार्थीमा अनौठो लक्षण देखा परेको छ । कक्षा ६ र ७ मा अध्यनरत छात्राहरुमा बरबराउने, साथीलाई झम्टिने जस्ता अनौठो लक्षण देखिएपछि विद्यालय बन्द गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनककुमार बिकले जानकारी दिए । अध्यक्ष बिकका अनुसार बुधबार पनि सातजना छात्रा विद्यार्थीमा यस्तो लक्षण देखिएको थियो ।

अहिलेसम्म १२र१५ जना छात्रामा यस्तो समस्या देखिएको छ । केही नयाँ थपिने गरेका छन् भने अधिकांश पुरानै बिरामी दैनिक यस समस्याबाट पीडित भैरहेको विद्यालयले जनाएको छ । विद्यार्थीमा अनौठो लक्षण देखिएको खबर आएपछि स्वास्थ्यकर्मीलाई त्यसतर्फ पठाइएको जिल्ला प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -
Nepal Lawyer

Most Popular

Recent Comments